काठमाडौँ । ६ लाख रुपैयाँ घुस सहित गाउँपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा परेका छन् ।
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर ९छैटौँ तह० डिल्लीराज खड्कालाई ६ लाख रूपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले खड्कालाई केही बेरअघि नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका(९ स्थित एक खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

