२०८३, श्रावण २५ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
आइतवार, श्रावण ३ २०८३११:३३
आइतवार, श्रावण ३ २०८३११:३३
  • काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य पुनः उच्च विन्दुतर्फ उन्मुख भएको देखिएको छ ।

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले दैनिक रूपमा सुनचाँदीको भाउ परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन् ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend