२०८३, आश्विन १९ गते

images
  • बिमा
  • ३०औँ वार्षिकोत्सवमा सलिकोको ‘सुरक्षा रन २०२६’...

३०औँ वार्षिकोत्सवमा सलिकोको ‘सुरक्षा रन २०२६’ सम्पन्न, ५०० भन्दा बढी धावक सहभागी

३०औँ वार्षिकोत्सवमा सलिकोको ‘सुरक्षा रन २०२६’ सम्पन्न, ५०० भन्दा बढी धावक सहभागी

सीएनएन खबर
आइतवार, श्रावण ३ २०८३१२:१०
सीएनएन खबर
आइतवार, श्रावण ३ २०८३१२:१०
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकोले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न गरेको छ।

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै बीमाप्रतिको जनविश्वास र जागरण फैलाउने उद्देश्यले Temple Run को सहकार्यमा आयोजित दौडमा ५०० भन्दा बढी धावक तथा सहभागीको सहभागिता रहेको कम्पनीले जनाएको छ।

    दौड नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयबाट सुरु भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर र उत्तरढोका हुँदै पुनः केन्द्रीय कार्यालयमै पुगेर समापन भएको थियो। कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोहर दास मुल ले रिबन काटेर गरेका थिए।

    दौडपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी सबै धावकलाई फिनिसर मेडल प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै विधाका प्रथम विजेतालाई ९ लाखसम्मको SALICO Arogya Health Insurance सहित नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

    वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशका मानव सेवा आश्रममा भोजन वितरण, लुम्बिनी प्रदेशमा रक्तदान तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन र खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार ‘SALICO सुरक्षा रन २०२६’ ले स्वस्थ जीवनशैली प्रवर्द्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँग कम्पनीको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend