२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • बोलबम यात्रुलाई रामादा बाई विन्धाम इटहरीको...

बोलबम यात्रुलाई रामादा बाई विन्धाम इटहरीको विशेष अफर, आवासदेखि भोजनसम्म आकर्षक सुविधा

बोलबम यात्रुलाई रामादा बाई विन्धाम इटहरीको विशेष अफर, आवासदेखि भोजनसम्म आकर्षक सुविधा

मंगलवार, श्रावण ५ २०८३०५:५८
मंगलवार, श्रावण ५ २०८३०५:५८
  • images

    काठमाडौँ । श्रावण महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई लक्षित गर्दै रामादा बाई विन्धाम इटहरीले विशेष आवास तथा आतिथ्य सेवा प्याकेज सार्वजनिक गरेको छ। होटलले बोलबम यात्रालाई थप सहज र आरामदायी बनाउन आवास, भोजन तथा अन्य सुविधासहितको विशेष योजना ल्याएको जनाएको छ।

    पूर्वी नेपालको प्रसिद्ध धार्मिक यात्रा अन्तर्गत प्रत्येक वर्ष हजारौं भक्तजन बराहक्षेत्र–चतराबाट सप्तकोशी नदीको पवित्र जल संकलन गरी पैदल यात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिरमा जलाभिषेक गर्न पुग्ने गर्छन्। यही धार्मिक यात्रालाई लक्षित गर्दै होटलले विशेष प्याकेज उपलब्ध गराएको हो।

    होटलका अनुसार ‘वान नाइट डिलक्स रूम स्टे’ प्याकेजअन्तर्गत एक रातको बसाइ, बुफे ब्रेकफास्ट, अतिरिक्त खानामा १५ प्रतिशत छुट, स्विमिङ पुल तथा फिटनेस सेन्टरको सुविधा समावेश गरिएको छ। एक जनाका लागि प्याकेज शुल्क ६ हजार ५०० रुपैयाँ र दुई जनाका लागि ७ हजार ५०० रुपैयाँ तोकिएको छ। उक्त शुल्कमा लागू हुने कर भने समावेश गरिएको छैन।

    होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले बोलबम यात्रा पूर्वी नेपालको महत्वपूर्ण धार्मिक परम्परा भएकाले श्रद्धालुको यात्रालाई सहज बनाउन विशेष सहयोग कार्यक्रम ल्याइएको बताए ।

    उनले हरेक वर्ष आस्थाका साथ यात्रा गर्ने भक्तजनप्रति सम्मान व्यक्त गर्दै उनीहरूको यात्रालाई थप सहज र आरामदायी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको उल्लेख गरे ।

    रामादा बाई विन्धाम इटहरीले पूर्वी नेपाललाई धार्मिक, सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएको जनाएको छ। होटलले पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम र कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता प्रमुख धार्मिक तथा प्राकृतिक गन्तव्यको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज आवासीय केन्द्रको भूमिका निर्वाह गरिरहेको जनाएको छ।

    इटहरीस्थित यो अन्तर्राष्ट्रियस्तरको होटलमा ८१ वटा आधुनिक कोठा तथा सुइट, चारवटा विशेष रेस्टुरेन्ट तथा लाउन्ज, ब्यान्क्वेट हल, फराकिलो ओपन लन, स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टरलगायत सुविधा उपलब्ध छन्। होटलले व्यवसायिक यात्रु, धार्मिक पर्यटक तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend