२०८३, श्रावण २५ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
बुधवार, श्रावण ६ २०८३११:१४
बुधवार, श्रावण ६ २०८३११:१४
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४८० रुपैयाँ निर्धारण भएको छ ।

    हिजो प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ निर्धारण भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend