२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • समर्थन फिर्तापछि बागमतीमा नयाँ सत्ता खेल,...

समर्थन फिर्तापछि बागमतीमा नयाँ सत्ता खेल, सरकार गठनको अंकगणित पेचिलो

समर्थन फिर्तापछि बागमतीमा नयाँ सत्ता खेल, सरकार गठनको अंकगणित पेचिलो

सोमवार, श्रावण ११ २०८३१२:१५
सोमवार, श्रावण ११ २०८३१२:१५
  • images

    काठमाडौँ । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु  छलफलमा जुटेका छन् । 

    यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली  कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन् । 

    बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ ।

    बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपाबीच सत्ता गठबन्धनको सहमति भए पनि बागमतीमा यी दुई दलबाट मात्र सरकार बन्ने अवस्था छैन । 

    नेकपा (एमाले) ले सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । 

    प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताए । 

    कांग्रेसले सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend