२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न, ३०० भन्दा बढी अभिकर्ता सहभागी

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न, ३०० भन्दा बढी अभिकर्ता सहभागी

सोमवार, श्रावण ११ २०८३०४:५८
सोमवार, श्रावण ११ २०८३०४:५८
  • images

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

    कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको मासिक व्यवसायिक योजनाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा प्रशिक्षण प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेकाे कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा देशभरबाट आएका करिब ३०० जना अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकहरूमा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै त्यसका लागि नियामक निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षप्रति आभार व्यक्त गरे ।

    उनले नयाँ आर्थिक वर्षका लागि शुभकामना व्यक्त गर्दै ग्राहकलाई अझ गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन सम्पूर्ण अभिकर्ता र कर्मचारीले थप जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । साथै, कम्पनीले आगामी दिनमा अभिकर्ता सञ्जाललाई अझ सुदृढ, सक्षम र प्रभावकारी बनाउने रणनीतिलाई प्राथमिकता दिने स्पष्ट पारे ।

    कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले अन्तर्राष्ट्रिय प्रतिष्ठित एमडीआरटी लक्ष्य हासिल गर्न आवश्यक पर्ने बिक्री रणनीति, ग्राहक व्यवस्थापन, व्यावसायिक अनुशासन तथा सफल अभिकर्ताले अपनाउनुपर्ने व्यवहारिक सीपबारे प्रेरणादायी प्रशिक्षण दिएका थिए ।

    औपचारिक कार्यक्रमपछि सहभागीहरूका लागि मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। स्ट्यान्डअप कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सांगीतिक प्रस्तुति तथा चर्चित गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको लाइभ कन्सर्टले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। साथै, चर्चित डीजे अमुको प्रस्तुतिमा सहभागी अभिकर्ताहरूले भरपुर मनोरञ्जन लिएका थिए।

    कम्पनीका अनुसार यस्ता प्रशिक्षणमूलक तथा प्रेरणामूलक कार्यक्रमले अभिकर्ताहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्नुका साथै ग्राहक सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अभिकर्ता सञ्जाललाई थप सक्षम, प्रतिस्पर्धी र परिणाममुखी बनाउने कम्पनीको योजना रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend