२०८३, आश्विन १९ गते

images
  • बिमा
  • दिनेशबहादुर अमात्य बने हिमालयन लाइफका निमित्त...

दिनेशबहादुर अमात्य बने हिमालयन लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत

दिनेशबहादुर अमात्य बने हिमालयन लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत

सोमवार, श्रावण ११ २०८३०५:२८
सोमवार, श्रावण ११ २०८३०५:२८
  • images

    काठमडाौँ । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त भएका छन् ।

    कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ। 

    साउन ८ गते शुक्रबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख (डीसीईओ) रहेका अमात्यले राजीनामा दिएका थिए । आइएमई छोडेर उनी निमित्त सीईओको रुपमा हिमालयन लाइफ भित्रिएका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend