२०८३, आश्विन १९ गते

images
  • समाचार
  • वर्षाका कारण खस्यो विमानस्थल टर्मिनलको छत,...

वर्षाका कारण खस्यो विमानस्थल टर्मिनलको छत, ६ जना घाइते

वर्षाका कारण खस्यो विमानस्थल टर्मिनलको छत, ६ जना घाइते

सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१११:४३
सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१११:४३
  • images

    काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो । जसमा केही मानिस पुरिएका थिए ।

    घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

    घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र चेक इन काउन्टरहरू बन्द गरिएको समाचारमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend