२०८३, आश्विन १९ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

सीएनएन खबर
बुधवार, श्रावण १३ २०८३०२:००
सीएनएन खबर
बुधवार, श्रावण १३ २०८३०२:००
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले दुई महिनाको लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण बुधबार सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो । यसअघि साउन ११ गते पनि ३० अर्ब रुपैयाँको १७९ दिने निक्षेप संकलन गरिएको थियो ।

    बैंक तथा वित्तीय संस्थाहरूमा खर्बौं रुपैयाँ बढी अधिक लगानीयोग्य पुँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरिरहेको छ । बैंकमा निक्षेप रकम बढ्दै जाने तर कर्जाको माग नबढ्दा लामो समयदेखि यही स्थिति दोहोरिरहेको छ ।

    जारी उक्त उपकरणको बोलकबोल र निष्कासन आजै (साउन १३) हुने भएको छ । यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी २०८३ असोज १२ गते हुनेछ ।

    यसको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend