२०८३, भाद्र १३ गते

images
  • अटो
  • पूर्वी नेपालमा शान्ति कायम गर्न नाडाको...

पूर्वी नेपालमा शान्ति कायम गर्न नाडाको अपिल, हिंसात्मक गतिविधि रोक्न सबै पक्षसँग आग्रह

पूर्वी नेपालमा शान्ति कायम गर्न नाडाको अपिल, हिंसात्मक गतिविधि रोक्न सबै पक्षसँग आग्रह

images
शुक्रवार, श्रावण १५ २०८३११:०९
शुक्रवार, श्रावण १५ २०८३११:०९
  • काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्ला दिनमा भएका हिंसात्मक घटना र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत नाडाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको राष्ट्र भएकाले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।

    संस्थाले संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र असहमति शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्ने अधिकार दिएको स्मरण गराउँदै कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुग्ने कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।

    नाडाले यस्ता घटनाले शान्ति–सुरक्षामात्र नभई उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पर्ने उल्लेख गर्दै व्यवसायी समुदाय यस अवस्थाप्रति चिन्तित रहेको जनाएको छ।

    विज्ञप्तिमा सबै सरोकारवाला पक्षलाई संयमता अपनाई कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद तथा आपसी समझदारीका आधारमा समस्या समाधान गर्न आग्रह गरिएको छ। साथै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति–सुरक्षा सुनिश्चित गर्दै जनजीवन र व्यावसायिक वातावरणलाई यथाशीघ्र सामान्य बनाउन आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

    नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई अझ सुदृढ बनाउन सकारात्मक भूमिका निर्वाह गर्नसमेत अपिल गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend