२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पर्यटन विभागले भन्योः निर्मल पुर्जासहित ६...

पर्यटन विभागले भन्योः निर्मल पुर्जासहित ६ नेपाली अझै सम्पर्कविहीन, उद्धारका लागि कूटनीतिक पहल भैरहेको छ

पर्यटन विभागले भन्योः निर्मल पुर्जासहित ६ नेपाली अझै सम्पर्कविहीन, उद्धारका लागि कूटनीतिक पहल भैरहेको छ

शुक्रवार, श्रावण १५ २०८३११:१६
शुक्रवार, श्रावण १५ २०८३११:१६
  • images

    काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रड पिक हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि नेपाल सरकारले पाकिस्तान सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बिहीबारदेखि सम्पर्कविहीन रहेका आरोहीहरूको शीघ्र खोजी तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख गरिएको छ।

    विभागका अनुसार सम्पर्कविहीन नेपाली आरोहीहरूमा पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ रहेका छन्।

    यस्तै, अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानका अनुसार सम्पर्कविहीन टोलीमा नेपालका ६ जनासहित ओमानका १, पाकिस्तानका १, चीनका १ र अमेरिकाका १ गरी विभिन्न देशका आरोही सहभागी थिए।

    नेपाल सरकारले बेपत्ता आरोहीहरूको अवस्थाबारे जानकारी संकलन तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन पाकिस्तान सरकार र सम्बन्धित निकायसँग उच्चस्तरीय समन्वय जारी राखेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend