२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ५,७०० मिटर उचाइमा भेटियो निर्मल पुर्जाको...

५,७०० मिटर उचाइमा भेटियो निर्मल पुर्जाको शव, उद्धारमा कठिनाइ

५,७०० मिटर उचाइमा भेटियो निर्मल पुर्जाको शव, उद्धारमा कठिनाइ

आइतवार, श्रावण १७ २०८३०२:३२
आइतवार, श्रावण १७ २०८३०२:३२
  • images

    काठमाडौँ । नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को शव पाकिस्तानस्थित ब्रड पिक हिमालमा फेला परेको छ।

    अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धारमा खटिएको टोलीले निम्स दाइको शव करिब ५ हजार ७ सय मिटरको उचाइमा फेला पारेको हो।

    उद्धार टोलीले घटनास्थलमा निम्स दाइसँगै थप तीन वटा शव पनि देखेको जनाएको छ। यद्यपि ती शवहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको क्लबले जनाएको छ।

    हाल उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको छ। तर, दुर्गम भौगोलिक अवस्था, प्रतिकूल मौसम र कठिन हिमाली भू–भागका कारण उद्धार तथा शव संकलनको कार्य अत्यन्त चुनौतीपूर्ण बनेको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ।

    क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उद्धार तथा शव संकलन गर्ने काम अत्यन्त जटिल भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ। आधिकारिक जानकारीका लागि सबैलाई धैर्य गर्न पुनः अनुरोध गर्दछौँ।”

    उद्धार कार्य जारी रहेकाले सम्बन्धित निकायले थप विवरण आधिकारिक रूपमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend