२०८३, आश्विन १९ गते

images

नरैनापुर गाउँपालिकाले ल्यायो ५६ करोड ६१ लाखको बजेट, यी हुन प्राथमिकता ?

नरैनापुर गाउँपालिकाले ल्यायो ५६ करोड ६१ लाखको बजेट, यी हुन प्राथमिकता ?

सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८११२:१७
सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८११२:१७
  • images

    काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले ५६ करोड ६१ लाख रुपैयाँ बढीको बजेट पारित गरेको छ । बिहीबार बसेको पालिकाको १५ औँ गाउँसभाको बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम र बजेट पारीत गरेको हो । 

    गत सोमबारको गाउँसभामा विपक्षी दल नेपाली काग्रेशले बिरोध सुरु गरेपछि आर्थिक विधियेक, निति तथा कार्यक्रम प्रस्तुत नभएर स्थागित भएको थियो । सोमबार स्थगित भएको सभा बिहिबार बहुमतले निति तथा कार्यक्रम र ५६ करोड ६१ लाख ९१ हजार पाँच सय रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

    गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत लगायतको विषयलाई समेटेर टेवा पुरयाउने उद्देश्यले निती तथा कार्यक्रम प्रस्तुत गरे । 

    निति तथा कार्यक्रममा ‘किसान अब न हुवा जाई परिसान’ मागमा आधारित कार्यक्रम संचालन गर्ने छ भने ‘ट्रेकिङ अब कहाँ है दुर चलो नरैनापुर’ कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धनक कार्यक्रम संचालन गर्ने कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष शाहले बताए । 

    उनले शिक्षा क्षेत्रमा, ‘मदरसा के पढाई हुई पुरी लेकिन, अब भि है पढाई अधुरी’ कार्यक्रम संचालन गरी मदरसाको पढाई पश्चात पनि पढाईलाई निरन्तरता दिन जोड दिएको बताए । 

    पालिकाले ११ वटा महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको लेखा अधिकृत भरत बस्नेतले जानकारी दिए । उनले सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको बताए ।
    गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव,, वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, प्रेम मौर्य वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend