२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जली,...

निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जली, अन्नपूर्ण गाउँपालिकामा आज शोक बिदा

निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जली, अन्नपूर्ण गाउँपालिकामा आज शोक बिदा

सोमवार, श्रावण १८ २०८३०७:४५
सोमवार, श्रावण १८ २०८३०७:४५
  • images

    काठमाडाैँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ।

    अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी पुर्जा गाउँपालिकाकै गौरवका रूपमा परिचित थिए। उहाँको सम्मानमा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालय बन्द रहने जानकारी दिएका छन्।

    सूचनामा पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका निर्मल पुर्जासहित अन्य पर्वतारोहीहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको छ।

    गाउँपालिकाले पुर्जाको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्रसँगै समग्र राष्ट्रले एक असाधारण व्यक्तित्व गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend