२०८३, आश्विन १९ गते

images
  • समाचार
  • निर्मल पुर्जासहित चार जनाको शव उद्धार,...

निर्मल पुर्जासहित चार जनाको शव उद्धार, अन्तिम संस्कारका लागि परिवारलाई बुझाइने

निर्मल पुर्जासहित चार जनाको शव उद्धार, अन्तिम संस्कारका लागि परिवारलाई बुझाइने

बुधवार, श्रावण २० २०८३०४:१२
बुधवार, श्रावण २० २०८३०४:१२
  • images

    काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालबाट विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित चार जनाको शव निकालिएको छ । पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको एलिट एक्सपेडले जनाएको छ ।

    कम्पनीले उद्धार टोलीको साहस र समर्पणप्रति गहिरो सम्मान व्यक्त गरेको छ । साथै पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबै निकायप्रति आभार प्रकट गरेको छ ।

    कम्पनीले पुर्जासहित उद्धार गरिएका सबैको शव अन्तिम संस्कारका लागि परिवारसम्म पुर्‍याइने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend