२०८३, श्रावण २५ गते

images

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

images
आइतवार, श्रावण २४ २०८३१०:३१
आइतवार, श्रावण २४ २०८३१०:३१
  • काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको  तीनबुँदे सहमतिअनुसार  मन्त्रिपरिषद् गठन हुने बताएका हुन् । 

    मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल  जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”

    सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ । मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट पारे । 

    नेकपा एमालेको समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend