२०८३, आश्विन १९ गते

images

रवि लामिछानेको चीन भ्रमण तय, सी चिनफिङसँग भेट भने नहुने

रवि लामिछानेको चीन भ्रमण तय, सी चिनफिङसँग भेट भने नहुने

बुधवार, श्रावण २७ २०८३११:२४
बुधवार, श्रावण २७ २०८३११:२४
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। भारतपनि सभापति चीन भ्रमणमा जान लागेका हुन् । 

    लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म हुने तय भएको उनी निकट एक नेताले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्। 

    रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए। 

    चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास भने सार्थक नहुने देखिएको छ। लामिछानेको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम छैन। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend