काठमाडौँ । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच दुईबुँदे सहमति भएको छ ।
तीन दलबीच बुधबार भएको छलफलपछि लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने सहमति भएको हो ।
सहमतिको दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने उल्लेख छ ।
सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच भएको छलफलबाट निम्न सहमति भएको छ।’
सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

