२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेपाल लाइफको खुद नाफा १५ प्रतिशत...

नेपाल लाइफको खुद नाफा १५ प्रतिशत घट्यो, कस्तो छ अन्य सूचक ?

नेपाल लाइफको खुद नाफा १५ प्रतिशत घट्यो, कस्तो छ अन्य सूचक ?

बिहिवार, श्रावण २८ २०८३१२:१६
बिहिवार, श्रावण २८ २०८३१२:१६
  • images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म नेपाल लाइफले ५४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफामा गिरावट आए पनि कम्पनीको खुद आर्जित बीमाशुल्क र कुल आम्दानी भने वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.१४ प्रतिशतले बढेको छ भने कुल आम्दानी ८.८२ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

    यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ९.५२ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको कुल खर्चसमेत १०.१२ प्रतिशतले वृद्धि भएको छ।

    आम्दानीमा वृद्धि भए पनि दाबी भुक्तानी र खर्चको वृद्धिदर तुलनात्मक रूपमा उच्च हुँदा त्यसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा परेको देखिन्छ।

    नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ९१ पैसामा सीमित भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend