२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • साढे ५ महिनापछि नेपाल आइपुगे शेरवहादुर...

साढे ५ महिनापछि नेपाल आइपुगे शेरवहादुर देउवा

साढे ५ महिनापछि नेपाल आइपुगे शेरवहादुर देउवा

बिहिवार, श्रावण २८ २०८३१२:४७
बिहिवार, श्रावण २८ २०८३१२:४७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

    उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

    देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन्।

    देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थलमै पुगेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend