२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकार गठन, एमालेका...

सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकार गठन, एमालेका ४ मन्त्रीले लिए शपथ

सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकार गठन, एमालेका ४ मन्त्रीले लिए शपथ

शुक्रवार, श्रावण २९ २०८३०४:४०
शुक्रवार, श्रावण २९ २०८३०४:४०
  • images

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

    शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।

    सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल– आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला मन्त्रीको शपथ लिएका हुन् ।

    मुख्यमन्त्री नियुक्त भएका भट्ट नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का प्रदेशसभा संसदीय दलका नेता हुन् । उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् ।

    यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    त्यसपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend