२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भदौ १ देखि नियमित प्रक्रियाबाटै ग्यास...

भदौ १ देखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री, निगमले तोक्यो नयाँ व्यवस्था

भदौ १ देखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री, निगमले तोक्यो नयाँ व्यवस्था

आइतवार, श्रावण ३१ २०८३०८:४२
आइतवार, श्रावण ३१ २०८३०८:४२
  • images

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री तथा वितरण नियमित प्रक्रियाअनुसार सञ्चालन हुने जनाएको छ। निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाबाटै ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको जनाएको हो।

    निगमका अनुसार उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न सक्नेछन्। बिक्री–वितरणलाई व्यवस्थित तथा प्रभावकारी बनाउन ग्यास उद्योग र विक्रेतालाई विभिन्न विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशनसमेत दिइएको छ।

    ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डरको संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेसम्म निगममा उपलब्ध गराउनुपर्नेछ। त्यसैगरी, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    निगमले ग्यास बिक्री–वितरण गर्दा अत्यावश्यक घरेलु प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको छ।

    ग्यासको ढुवानी तथा वितरण कार्यलाई सुरक्षा दृष्टिले सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग गृह मन्त्रालयमार्फत समन्वय गर्न अनुरोध गरिएको निगमले जनाएको छ। साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटाइएका जनशक्तिसहितको संयुक्त टोलीबाट ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

    यसैबीच, नजिकका विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको Quick Response Team (QRT) मा सम्पर्क गर्न सक्नेछन्।

    निगमले त्यस्ता उपभोक्ताका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend