२०८३, भाद्र ४ गते

images
  • अर्थतन्त्र
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त,...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त, को हुन उनी ?

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त, को हुन उनी ?

images
बिहिवार, भाद्र ४ २०८३०७:३२
बिहिवार, भाद्र ४ २०८३०७:३२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् ।

    आज बसेको मन्त्रिपरिषद बैठकले रावललाई रिक्त डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

    राष्ट्र बैंकमा २०८२ फागुन २५ देखि दुई डेपुटी गभर्नर पद खाली थियो । सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । खाली रहेको बाँकी १ स्थानमा रावललाई नियुक्त गरेको हो । राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।

    दीर्घबहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुख हुन् । रावलले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई ९एफआईयू० को प्रमुखका रूपमा काम गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend