२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष छनोट...

रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया

रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया

सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१०४:५१
सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१०४:५१
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । 

    समितिको बैठकले छनोट प्रक्रिया रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

    सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो ।

    समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीनजनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो । त्यसका बाबजुद सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।

    notice.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend