काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते ‘Lead, Aspire, Evolve’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो।
कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकाल, सञ्चालक प्रवीण प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए।
उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (FPI) संकलन गर्दै नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरे। उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण हितधारकलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि उच्च लक्ष्य निर्धारण गरेर एकताबद्ध रूपमा अघि बढ्न कर्मचारीलाई आग्रह गरे।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ को व्यावसायिक उपलब्धिका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३/८४ को लक्ष्य हासिल गर्न थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे।
पराजुलीले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि कम्पनीको सेल्स तथा रणनीतिक योजनाबारे जानकारी गराएका थिए। उनले हासिल भएको उपलब्धिलाई कायम राख्दै थप नयाँ उचाइतर्फ अघि बढ्न सबैको सामूहिक प्रयास र सहकार्य आवश्यक रहेको बताए।
सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (DCEO), नेशनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत (CFO), एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि (IT), डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन (HR) विभागका प्रमुखहरूले आ–आफ्नो विभागको कार्यसम्पादन, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
प्रस्तुतीकरणमा गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, रणनीतिक प्राथमिकता, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा लक्ष्य प्राप्तिका लागि अपनाइने कार्यदिशाबारे छलफल गरिएको थियो।
सम्मेलनको समापनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायल, नेशनल सेल्स हेड उमापति पोखरेल तथा मानव संसाधन विभागबाट सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी तथा शाखा–उपशाखालाई १४ विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सम्मेलनले नेपाल लाइफसँग आबद्ध कर्मचारीमा नयाँ ऊर्जा, उत्साह र व्यावसायिक प्रतिबद्धता बढाउँदै आगामी दिनमा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ।

