२०८३, आश्विन १९ गते

images
  • अटो
  • ४.५६ लाखमा अप्रिलियाको पावरफुल एसआर १७५,...

४.५६ लाखमा अप्रिलियाको पावरफुल एसआर १७५, यस्ता छन् फिचर

४.५६ लाखमा अप्रिलियाको पावरफुल एसआर १७५, यस्ता छन् फिचर

मंगलवार, भाद्र ९ २०८३०४:१९
मंगलवार, भाद्र ९ २०८३०४:१९
  • images

    काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नाडा अटो शो २०२६ मार्फत एसआर १७५ को बिक्री सुरु गरेको हो।

    कम्पनीले एसआर १७५ को नेपाली बजार मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेको छ। नाडा अटो शो अवधिमा अप्रिलियाको एसआर १७५ खरिद गर्ने ग्राहकलाई २८ हजार रुपैयाँ बराबरको छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ।

    एसआर १६० को स्थानमा एसआर १७५

    अप्रिलिया इन्डियाले एसआर १६० को प्रतिस्थापनका रूपमा एसआर १७५ बजारमा ल्याएको थियो। सोही मोडल नेपाली बजारमा उपलब्ध भएको हो।

    एसआर १७५ मा एसआर १६० मा प्रयोग भएको चेसिस फ्रेम तथा केही कम्पोनेन्टलाई निरन्तरता दिइएको छ। यसको मूल डिजाइनमा पनि ठूलो परिवर्तन गरिएको छैन।

    अप्रिलियाको रेसिङ डीएनए झल्काउने गरी नयाँ डेकल्स, एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन तथा नयाँ कलर अप्सन दिइएको छ। त्यस्तै, टेक्निकल पार्ट्स र ककपिटमा समेत केही नयाँपन देख्न सकिन्छ।

    १७४.७ सीसी इन्जिन

    एसआर १७५ मा १७४.७ सीसी सिंगल सिलिन्डर बीएस–६ इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले ७ हजार २०० आरपीएममा अधिकतम १३.८ ब्रेकहर्स पावर तथा ६ हजार आरपीएममा १४.१४ एनएम पिक टर्क उत्पादन गर्छ।

    स्कुटरमा कम्पनीले आफ्नो रेसिङ डिजाइनलाई निरन्तरता दिँदै ५.५ इन्चको कलर टीएफटी डिस्प्ले उपलब्ध गराएको छ। उक्त डिस्प्ले अप्रिलियाको टुओनो ४५७ मोटरसाइकलमा समेत प्रयोग गरिएको कम्पनीले जनाएको छ।

    ब्लुटुथ कनेक्टिभिटीदेखि सिंगल च्यानल एबीएससम्म

    एसआर १७५ मा सीभीटी ट्रान्समिसन, अप्रिलिया एपसहितको ब्लुटुथ कनेक्टिभिटी र पूर्ण एलईडी लाइटिङ सिस्टम दिइएको छ।

    स्कुटरमा १४ इन्चको अलोय ह्विल, ट्युबलेस टायर, डिस्क ब्रेक तथा सिंगल च्यानल एबीएस उपलब्ध छन्।

    सस्पेन्सनतर्फ अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सेटअप प्रयोग गरिएको छ।

    नयाँ इन्जिन, आधुनिक डिजिटल डिस्प्ले र रेसिङ डिजाइनसहित आएको एसआर १७५ ले नेपाली बजारमा प्रिमियम तथा स्पोर्टी स्कुटर सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend