२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाडामा हाइगरको प्रिमियम ईभी कोच सार्वजनिक,...

नाडामा हाइगरको प्रिमियम ईभी कोच सार्वजनिक, एकपटक चार्जमा ३५० किलोमिटर रेन्ज

नाडामा हाइगरको प्रिमियम ईभी कोच सार्वजनिक, एकपटक चार्जमा ३५० किलोमिटर रेन्ज

मंगलवार, भाद्र ९ २०८३०४:४४
मंगलवार, भाद्र ९ २०८३०४:४४
  • images

    काठमाडौं । नाडा अटो शो २०२६ को पहिलो दिन हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त बस सार्वजनिक गरेको हो।

    ३१ सिट क्षमता रहेको हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

    बसको ग्राउन्ड क्लियरेन्स २७० मिलिमिटर रहेको छ। ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो नेपालमा भित्रिएका व्यावसायिक विद्युतीय सवारीमध्ये लामो ब्याट्री वारेन्टी भएको मोडल हो।

    यात्रुको आराम र सुरक्षामा ध्यान

    हाइगर भी सिरिजमा यात्रुको आराम र सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। बसमा डबल एयर सस्पेन्सन, अगाडि तथा पछाडि डिस्क ब्रेक, एबीएस र ईबीडी जस्ता सुरक्षा प्रणाली उपलब्ध छन्।

    त्यस्तै, यात्रुको सुविधाका लागि उच्च गुणस्तरको एसी तथा हीटर सिस्टम जडान गरिएको छ।

    चालकका लागि अटो एडजस्टेबल एयर सस्पेन्डेड सिट उपलब्ध छ। ब्लाइन्ड स्पट न्यून हुने गरी बसको डिजाइन गरिएको कम्पनीको दाबी छ।

    नेपाल सरकारले सार्वजनिक यातायातमा अनिवार्य गर्न लागेको सीसीटीभी क्यामेरा र जीपीएस सिस्टम समेत बसमै जडान भएर आउने बताइएको छ।

    आवश्यकताअनुसार बस कस्टमाइज गर्न सकिने

    शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रद्युम्न केसीले लामो दूरीमा सञ्चालन हुने विभिन्न आकार र क्षमताका प्रिमियम कोचसँगै शहरी यातायातका लागि ८ देखि १४ मिटरसम्मका सिटी बस समेत उपलब्ध रहेको जानकारी दिए।

    ग्राहकको आवश्यकता र प्रयोगअनुसार बसलाई कस्टमाइज गर्न सकिने उनले बताए। उनका अनुसार डिजेल बसको तुलनामा विद्युतीय बस सञ्चालनबाट हुने आम्दानी तीन गुणासम्म बढी हुन सक्छ।

    सहायक निर्देशक दिवसबाबु सुवेदीले बिक्रीपछिको सेवाका लागि आवश्यक जनशक्ति तथा स्पेयर पार्ट्सको व्यवस्था गरिसकेको जानकारी दिए। बस खरिदकर्ता तथा सञ्चालकका लागि ९७१४५८८३८ नम्बरको डेडिकेटेड हटलाइनसमेत सञ्चालनमा ल्याइएको उनले बताए।

    कम्पनीका अनुसार ट्राभल्स तथा टुर्स व्यवसायीको रोजाइमा पर्दै आएका हाइगरका बस नेपालमा १८ वर्षदेखि सञ्चालनमा छन्। नयाँ प्रिमियम ईभी कोचले लामो दूरीको सार्वजनिक यातायातमा विद्युतीय बसको प्रयोग विस्तार गर्न योगदान पुर्‍याउने कम्पनीको अपेक्षा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend