२०८३, भाद्र १३ गते

images
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक बस्दै, आज प्रधानमन्त्रीले सांसदका...

प्रतिनिधिसभाको बैठक बस्दै, आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक बस्दै, आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

images
बुधवार, भाद्र १० २०८३०६:४७
बुधवार, भाद्र १० २०८३०६:४७
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । 

    सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । 

    बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१÷८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् । 

    त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend