२०८३, आश्विन १९ गते

images
  • अटो
  • २ करोड ४० लाख नजिकको स्कोडा...

२ करोड ४० लाख नजिकको स्कोडा कोडियाक नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

२ करोड ४० लाख नजिकको स्कोडा कोडियाक नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

बुधवार, भाद्र १० २०८३०८:१३
बुधवार, भाद्र १० २०८३०८:१३
  • images

    काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नयाँ जेनेरेसन स्कोडा कोडियाक नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा कम्पनीले नयाँ कोडियाक सार्वजनिक गरेको हो ।

    ‘रियल लक्जरी, एज इट सुड बी’ नाराका साथ सार्वजनिक गरिएको नयाँ कोडियाकलाई कम्पनीले प्रिमियम ७ सिटे एसयूभीका रूपमा प्रस्तुत गरेको छ । नयाँ कोडियाकमा युरोपेली डिजाइन, आधुनिक प्रविधि तथा आरामदायी इन्टेरियरलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

    गाडीमा एर्गो सिट्स, म्याट्रिक्स एलईडी हेडलाइट्स तथा स्मार्ट डायल्स लगायतका फिचर उपलब्ध छन् । कम्पनीका अनुसार नयाँ कोडियाकमा सातै यात्रुले आरामदायी यात्रा गर्न सक्ने गरी क्याबिन डिजाइन गरिएको छ ।

    स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकमार्फत नेपालमा लक्जरी एसयूभीको नयाँ अनुभव प्रदान गर्न खोजिएको बताए ।

    तीन भेरियन्टमा उपलब्ध

    नेपालमा नयाँ जेनेरेसन स्कोडा कोडियाक तीन भेरियन्टमा उपलब्ध गराइएको छ ।

    • लाउन्ज (Lounge) : २ करोड १९ लाख ९० हजार रुपैयाँ
    • स्पोर्टलाइन (Sportline) : २ करोड ३९ लाख ९० हजार रुपैयाँ
    • सिलेक्सन एल एन्ड के (Selection L&K) : २ करोड ३९ लाख ९० हजार रुपैयाँ

    नयाँ कोडियाक अगस्ट २५ देखि ३० गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा स्कोडाको पेभिलियनमा अवलोकन गर्न सकिनेछ ।

    कम्पनीले देशभरका आधिकारिक स्कोडा नेपाल शोरुमबाट नयाँ कोडियाकको बुकिङसमेत खुला गरिसकेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend