२०८३, भाद्र १३ गते

images
  • अटो
  • १७० किलोवाट मोटर, ४४० किमि रेन्ज...

१७० किलोवाट मोटर, ४४० किमि रेन्ज : यस्तो छ नयाँ बीवाइडी सिलायन सेभेन

१७० किलोवाट मोटर, ४४० किमि रेन्ज : यस्तो छ नयाँ बीवाइडी सिलायन सेभेन

images
बिहिवार, भाद्र ११ २०८३०७:०९
बिहिवार, भाद्र ११ २०८३०७:०९
  • काठमाडौँ । नेपालमा बीवाइडीको प्रिमियम विद्युतीय एसयूभी सिलायन सेभेनको अपडेटेड संस्करण सार्वजनिक भएको छ ।

    नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शो २०२६ मार्फत नयाँ सिलायन सेभेन बिक्री सुरु गरेको हो । कम्पनीले यसको मूल्य ९२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

    नयाँ संस्करणको मूल्य यसअघि १०० किलोवाट मोटरसहित बिक्री हुँदै आएको सिलायन सेभेनभन्दा १३ लाख १४ हजार रुपैयाँ बढी हो । पुरानो संस्करणको मूल्य ७९ लाख ८५ हजार रुपैयाँ थियो ।

    नयाँ सिलायन सेभेनमा १७० किलोवाटको मोटर जडान गरिएको छ । उक्त मोटरले अधिकतम ३८० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

    एसयूभीमा यसअघिकै ७१.८ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४४० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

    सिलायन सेभेनको लम्बाइ ४ हजार ८३० मिलिमिटर, चौडाइ १ हजार ९२५ मिलिमिटर र उचाइ १ हजार ६२० मिलिमिटर रहेको छ । यसको ह्वीलबेस २ हजार ९३० मिलिमिटर छ ।

    बीवाइडीको ‘सेल टु बडी’ प्रविधिमा निर्माण भएको नयाँ सिलायन सेभेन ई–प्लेटफर्म ३.० ईभोमा आधारित छ । यसमा सडकको अवस्थाअनुसार काम गर्ने एडाप्टिभ सस्पेन्सन तथा ‘डिसस–सी’ इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम उपलब्ध छ ।

    त्यस्तै, एसयूभीमा डी–पाइलट १०० (गड्स आई) एड्भान्स ड्राइभर असिस्ट सिस्टम दिइएको छ । यसमा १२ वटा अल्ट्रासोनिक सेन्सर, ५ एमएम वेभ राडार र ११ वटा ओम्नी–भ्यु क्यामेरा जडान गरिएको छ ।

    इन्टेरियरतर्फ १२८ कलरको एम्बियन्ट लाइटसहितको प्रिमियम क्याबिन, मसाज फङ्सनसहितको भेन्टिलेटेड सिट, फोर–स्पोक फ्ल्याट–बटम स्टेरिङ ह्वील र १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्क्रिन दिइएको छ ।

    यसका अतिरिक्त भ्वाइस कन्ट्रोल, क्रिस्टल गियर सेलेक्टर, ल्यापटप चार्ज गर्न मिल्ने २२० भोल्ट पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पिकर, ५० वाटको वायरलेस चार्जर, ५० इन्चको एआर–एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ र नापा लेदर सिटलगायत सुविधा छन् ।

    सुरक्षाका लागि नयाँ सिलायन सेभेनमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सर र लेभल–२ एडाससहितका विभिन्न सुरक्षा प्रणाली उपलब्ध छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend