२०८३, भाद्र १३ गते

images
  • समाचार
  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७,...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७, ५० शवको पहिचान हुन बाँकी

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७, ५० शवको पहिचान हुन बाँकी

images
बिहिवार, भाद्र ११ २०८३१२:३१
बिहिवार, भाद्र ११ २०८३१२:३१
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।

    प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना,  धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा  पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।

    प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका,  चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ । नवलपरासी पूर्वमा ६ महिला, १५  पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend