२०८३, भाद्र १३ गते

images
  • समाचार
  • बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री...

बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण

बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण

images
बिहिवार, भाद्र ११ २०८३०३:०१
बिहिवार, भाद्र ११ २०८३०३:०१
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

    प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। उनले बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका हुन्।

    भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त संरचना तथा प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गरेको थियो।

    बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन्। बाढीलगत्तै उच्चस्तरीय बैठक आह्वान गरी उनले सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए।

    नुवाकोटको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    आवश्यक निर्देशन तथा स्थलगत निरीक्षण सम्पन्न गरेपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौँ फर्किएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend