२०८३, भाद्र १३ गते

images
  • समाचार
  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, १ हजार ५४५ घाइतेको उद्धार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, १ हजार ५४५ घाइतेको उद्धार

images
शुक्रवार, भाद्र १२ २०८३०८:५५
शुक्रवार, भाद्र १२ २०८३०८:५५
  • काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ७ बजेसम्म रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।

    यसैगरी, हालसम्म १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन् ।

    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ८४ जना घाइते उपचाररत तथा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

    यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ ।

    २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend