२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा...

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा मानिस भेटिएनन्, सेना फर्कियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा मानिस भेटिएनन्, सेना फर्कियो

सोमवार, भाद्र १५ २०८३०१:२३
सोमवार, भाद्र १५ २०८३०१:२३
  • images

    काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजीका क्रममा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

    बाढीका कारण आयोजनाको सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित खोजीमा परिचालन भएको थियो।

    उद्धार टोलीले सुरुङको भित्री भागमा प्रवेश गरी अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गरेको थियो। सुरुङभित्र ड्रोनसमेत उडाएर सम्भावित स्थानहरूमा निगरानी गरिएको थियो। तर, खोजीका क्रममा मानवीय उपस्थिति वा मानिस फसेको कुनै संकेत फेला नपरेको सेनाले जनाएको छ।

    सुरुङको अन्तिम भागसम्म पुगेर गरिएको खोजीमा समेत कोही मानिस नरहेको पुष्टि भएपछि उद्धार तथा खोजी कार्य सम्पन्न गरिएको हो।

    खोजी कार्य पूरा गरेपछि नेपाली सेनाको उद्धार टोली रसुवागढी जलविद्युत् आयोजनाको क्षेत्रबाट फर्किएर रसुवाको सदरमुकाम धुन्चे पुगेको छ।

    भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदारको अवस्थाबारे आशंका उत्पन्न भएको थियो। त्यसपछि सम्भावित जोखिम भएका स्थानमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend