२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बाढी प्रभावित रसुवाको उद्धार, राहत र...

बाढी प्रभावित रसुवाको उद्धार, राहत र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल

बाढी प्रभावित रसुवाको उद्धार, राहत र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल

सोमवार, भाद्र १५ २०८३०३:२५
सोमवार, भाद्र १५ २०८३०३:२५
  • images

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

    ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

    ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनस्स्थापनाका विषयमा छलफल भएको थियो।

    ​प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend