२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र...

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतबारे रवि लामिछानेले राष्ट्रपति पौडेललाई गराए जानकारी

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतबारे रवि लामिछानेले राष्ट्रपति पौडेललाई गराए जानकारी

सोमवार, भाद्र १५ २०८३०५:४९
सोमवार, भाद्र १५ २०८३०५:४९
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे जानकारी गराएका छन्।

    सोमबार भएको भेटमा लामिछानेले बाढीका कारण भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।

    लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि प्राप्त जानकारीका आधारमा उनले राष्ट्रपतिलाई बाढीपछिको अवस्था र सरकारी गतिविधिबारे जानकारी गराएको बताइएको छ।

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, राहत तथा प्रभावित नागरिकको व्यवस्थापनका लागि सरकारी संयन्त्र परिचालन भइरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend