२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

नेशनल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

नेशनल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

मंगलवार, भाद्र १६ २०८३०७:१२
मंगलवार, भाद्र १६ २०८३०७:१२
  • images
    काठमाडौँ । नेशनल लाईफ इन्स्योरेनस कंम्पनि लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । 
     
    गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सोमबार एक विशेष कार्यक्रममा अर्थमन्त्री श्री स्वर्णिम वाग्ले ज्यूलाई हस्तान्तरण गरे ।
     
     
    उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्दछ ।
     
    यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफ हार्दिक समवेदना प्रकट गर्दछ र साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ । 
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend