काठमाडौँ । भदौ १० गतेको प्राकृतिक विपद्का कारण चेक, कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागले विपद् प्रभावित ग्राहकको बैंकिङ सेवा नरोक्न निर्देशन जारी गरेको हो ।
ग्राहकले आवश्यक कागजात गुमाएको अवस्थामा सम्बन्धित संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहक पहिचान गरी सेवा उपलब्ध गराउन निर्देशन दिइएको हो ।

