२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई...

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई सरकारले दियो १३ करोड ५० लाख, कुनले कति पाए ?

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई सरकारले दियो १३ करोड ५० लाख, कुनले कति पाए ?

बुधवार, भाद्र १७ २०८३०४:४१
बुधवार, भाद्र १७ २०८३०४:४१
  • images

    काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक÷एक करोड र धादिङका लागि  ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते छ करोड ५० लाख र १६ गते छ करोड ५० लाख गरी १३ करोड ५० लाख निकासा गरेको हो ।

    प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि दुई करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख निकासा गरिसकेको छ ।

    त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि एक करोड निकासा गरिएको छ ।

    त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

    साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

    यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते एक करोड निकासा दिएपछि अब सो कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको  छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend