२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, भाद्र १८ २०८३०३:११
बिहिवार, भाद्र १८ २०८३०३:११
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाको प्रमुख प्रशासकिय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    आयोगले बिहीबार सिरहा जिल्लाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, पालिकाका तत्कालीन पशु शाखा प्रमुख पुश अधिकृत रमेश नारायण शर्मा, लेखापाल आशिष कुमार कामती तथा औरही गाउँपालिका वडा नम्बर ४ का प्रगतिशिल कृषक समूहका अध्यक्ष राम भजन यादन विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो । 

    उनीहरु विरुद्ध आर्थिक वर्ष २०७८÷०७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम सञ्चालन गर्दा अनियमितता गरेको आरोप लागेको छ । 

    आयोगले उनीहरु विरुद्ध ८ लाख २ हजार रुपैयाँ भ्रष्टाचार भएको भन्दै मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend