२०८३, आश्विन २० गते

images

कात्तिक महिनामा पनि घट्यो बैंक ब्याजदर, कुन बैंकको कति ?

कात्तिक महिनामा पनि घट्यो बैंक ब्याजदर, कुन बैंकको कति ?

बिहिवार, कार्तिक १ २०८१०८:४३
बिहिवार, कार्तिक १ २०८१०८:४३
  • images

    काठमाडौं । कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ । २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ ।

    असोजमा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।

    सार्वजनिक सूचनाअनुसार कात्तिकमा एउटा बैंक सानिमाले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ । त्यस्तै १० बैंकले यस्तो ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् ।

    व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।
    स्थिर राखेकामा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन् ।

    कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

    राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

    बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरुले निक्षेपमा ब्याजदर घटाइरहेका छन् । बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।

    बैंक  कात्तिककोलागिब्याजदर (प्रतिशतमा) असोजको लागिब्याजदर (प्रतिशतमा)
    एनएमबी ६.५ ६.५
    एनआइसी एसिया ६.९९ ७.१८
    सिटिजन्स बैंक ६ ६.१५
    हिमालयन बैंक ६.२५ ७
    माछापुच्छ्रे बैंक ६.५  ६.५ 
    नबिल बैंक ६.२५ ६.७५
    सिद्धार्थ बैंक ६ ६.५
    प्राइम कमर्सियल ६ ७.२५
    सानिमा बैंक ६.१५ ५.९
    कुमारी बैंक ६.०१ ६.०१
    प्रभु बैंक ६.१ ६.१
    लक्ष्मी सनराइज बैंक ६ ६.५
    ग्लोबल आइएमई बैंक ६.२५ ६.२५
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.५ ७
    एभरेष्ट बैंक ६ ६
    नेपाल इन्भेष्टमेन्ट बैंक  ६.५ ६.५
    नेपाल बैंक ५.९५ ५.९५
    राष्ट्रिय वाणिज्यबैंक ५.८ ६
    नेपाल एसबिआई बैंक ६ ६
    कृषि विकासबैंक ५.७५६ ६.०७
    औसत ६.१४ ६.४

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend