२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले...

भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार दिने

भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार दिने

सोमवार, भाद्र २२ २०८३१०:२२
सोमवार, भाद्र २२ २०८३१०:२२
  • images

    काठमाडौँ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार   उपलब्ध गराउन थालेको छ ।

    नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन् ।  

    भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन् ।

    नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend