२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • राष्ट्र बैंकका कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि...

राष्ट्र बैंकका कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि दिए १ करोड ३८ लाख

राष्ट्र बैंकका कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि दिए १ करोड ३८ लाख

सोमवार, भाद्र २२ २०८३०५:१२
सोमवार, भाद्र २२ २०८३०५:१२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज रु एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । 

    नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो ।

    राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी संकलन गरिएको रकम कोषमा जम्म गरिएको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend