काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले उक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।
सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन् ।

