२०८३, आश्विन १९ गते

images

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बिहिवार, भाद्र २५ २०८३०१:४६
बिहिवार, भाद्र २५ २०८३०१:४६
  • images

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले प्रधानमन्त्री शाहलाई राजीनामा बुझाएकाे उनको सचिवालयले जनाएको छ । 

    पछिल्लो समय नेपाली बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावपछि प्रधानमन्त्री र उद्योगमन्त्रीबीचको सम्बन्ध बिग्रीएको थियो । 

    उनले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

    सो लगतै उनले राजीनामा दिएकी हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend