२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकमा ६ निर्णयः प्रधानमन्त्रीको अमेरिकी...

मन्त्रिपरिषद् बैठकमा ६ निर्णयः प्रधानमन्त्रीको अमेरिकी भ्रमण स्वीकृृतदेखि नियुक्तीसम्म

मन्त्रिपरिषद् बैठकमा ६ निर्णयः प्रधानमन्त्रीको अमेरिकी भ्रमण स्वीकृृतदेखि नियुक्तीसम्म

बिहिवार, भाद्र २५ २०८३०५:१४
बिहिवार, भाद्र २५ २०८३०५:१४
  • images

    काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलका अनुसार आजको क्याबिनेटले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि विभिन्न नियुक्ती गरेको हो । 

    यस्तो छ मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरू

    १) पहिलोमा, संयुक्त राष्ट्र संघको ८१ औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।

    २) भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल(इन्डिया इन्टर(गभर्मेन्टल सब(कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने।

    ३) गृह मन्त्रालयबाट अनुचित लेनदेन, मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

    ४) भूमि व्यवस्था मन्त्रालयबाट काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूको १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने।

    ५) शिक्षा तथा खेलकुद मन्त्रालयबाट शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल (भक्तपुर) र सदस्यमा श्री रामशरण सापकोटा (मकवानपुर) एवं महिला सदस्यमा श्री विष्णु घिमिरे रिमाल (काठमाडौं) लाई नियुक्ति गर्ने।

    ६) अर्को, सहसचिव श्री विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने र सहसचिव श्री उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिमको प्रदेश प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend