२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच...

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

शुक्रवार, भाद्र २६ २०८३१०:५५
शुक्रवार, भाद्र २६ २०८३१०:५५
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। 

    वार्ताका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए । साथै, उनले  बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि  प्राथमिकतामा राखिएको बताए ।

    ​उनले न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे ।

    प्रधानमन्त्रीज्यूले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगको लागि अनुरोध गरे । 

    सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend