२०८३, आश्विन १९ गते

images
  • समाचार
  • धादिङ जाने वैकल्पिक सडकमा समय तोकेर...

धादिङ जाने वैकल्पिक सडकमा समय तोकेर एकतर्फी सवारी सञ्चालन

धादिङ जाने वैकल्पिक सडकमा समय तोकेर एकतर्फी सवारी सञ्चालन

शनिवार, भाद्र २७ २०८३०७:४२
शनिवार, भाद्र २७ २०८३०७:४२
  • images

    काठमाडौँ । भोटेकोशी बाढीले  फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।

    सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो ।

    प्रशासनका अनुसार बिहान ६ः०० बजेदेखि दिउँसो १२स्०० बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२ः०० बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ ।

    यसैगरी, दिउँसो १ः०० देखि साँझ ७ः०० बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीले साँझ ७ः०० बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने छ ।

    तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend