२०८३, आश्विन १९ गते

images

साना दरका नोटका लागि बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँ निकाल्न सकिने

साना दरका नोटका लागि बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँ निकाल्न सकिने

सोमवार, भाद्र २९ २०८३०६:३४
सोमवार, भाद्र २९ २०८३०६:३४
  • images

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै हाल एटीएमबाट मुख्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र वितरण भइरहेकोमा १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

    राष्ट्र बैंकका अनुसार एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न पाउने व्यवस्था गर्नुपर्ने माग ग्राहकबाट समय–समयमा आउने गरेको थियो। विशेषगरी नजिकिँदै गरेका ठूला चाडपर्वका समयमा साना दरका नोट साट्न बैंक तथा वित्तीय संस्थामा ग्राहकको भीड बढ्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो।

    केन्द्रीय बैंकले सर्वसाधारणको सुविधा र चाडपर्वका समयमा बैंक तथा वित्तीय संस्थामा हुने भीड कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ।

    राष्ट्र बैंकले केही बैंकसँग मौखिक रूपमा लिएको जानकारीअनुसार एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न प्राविधिक रूपमा सम्भव रहेको पाइएको पत्रमा उल्लेख छ।

    मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालले हस्ताक्षर गरेको पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत दिइएको छ।

    अब बैंक तथा वित्तीय संस्थाले आफ्ना एटीएममा आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरी १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्न सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend